समृद्धि फाइनान्सद्वारा समृद्धि क्रमिक मुद्दती खाता सार्वजनिक, यस्ता छन् सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2021 | 12:49:36 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले समृद्धि क्रमिक मुद्दती खाता सार्वजनिक गरेको छ । संस्थाकाअनुसार उक्त खाता खोल्दा न्युनतम मौज्दात रु १ हजार राख्नुपर्नेछ भने मासिक रुपमा कम्तीमा ५००।– र बढीमा रु. ५०० ले गुणा हुने रकम जम्मा गर्न सक्नेछन् । 

सो योजना ५ वर्ष देखि १५ बर्ष सम्मको हुनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार वर्ष रोजी उक्त रकम एकमुष्ठ भुक्तानी पाउनेछन् । 

यो वचत खाता भविष्यमा बाल बच्चालाई पढाउनको लागि रकम जम्मा गर्ने, छोरा छोरीको विवाहको लागि क्रमिक रुपमा रकम जम्मा गर्ने अन्य प्रयोजनका लागि भविष्ययका लागि रकम जम्मा गर्नेहरुका लागि यो योजना उपयोगी हुने संस्थाले बताएको छ । 

साथै व्याज आम्दानी गर्ने व्यवसायी, गृहीणी, सरकारी तथा गैर सरकारी संस्थाका जागिरे व्यक्ति तथा अन्य व्यक्तिहरुलाई यो खाता विशेष लाभदायिक हुने जनाइएको छ । 

अन्य बैंक तथा वित्तिय संस्थाको खातामा भन्दा यस संस्थाको समृद्धि क्रमिक मुद्दती खाता निम्न कारणले उपयोगी रहेको कुरा फाइनान्स कम्पनीका कार्यकारी अधिकृत टिकानिधि लोहनीले जानकारी गराए । 

- उक्त समृद्धि क्रमिक मुद्धती बचत खाता खोल्ने ग्राहकहरुको दम्पतीको रु. १० लाख सम्मको दुर्घटना बिमा हुनेछ ।

- बच्चाको खाता भएमा उक्त रकम बराबरको अभिभावकको समेत बिमा हुनेछ । 

- ग्राहकलाई अबधी नसकिदै रकमको आवश्यकता परेमा बचतको ९० प्रतिशत कर्जा लिन सकिने ।

Balance Certificate  र Good For Payment मा २५ प्रतिशत छुट पाउनुका साथै कर्जा लिने ग्राहकहरुले विशेष छुट पाउने ।

संस्थाले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा ल्याएको जनाएको छ । संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा, शेयर कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved