वेष्ट फाईनान्सद्धारा हेलम्बुबासीलाई सोलार प्यानल सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2021 | 06:02:22 PM मा प्रकाशित

laxmi  sunrise bank

वेष्ट फाईनान्स कंपनीले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ । फाईनान्सको टोली  सिन्धुपाल्चोकको हेलम्वु नै पुगेर उक्त सहयोग प्रदान गरेको हो ।

यही असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतीका कारण त्यस क्षेत्रमा बिजुली बन्द भएको र उज्यालोबाट बन्चित विपदमा परेका हेलम्वु क्षेत्रका जनतालाई तत्काल राहत दिने उद्देश्यले ४८ थान सोलार प्यानल हेलम्वु गांउपालिकाको कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ । 

काठमाडौको कमलादीमा प्रधान कार्यालय रहेको यस कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत हेलम्बुबासीलाई यो सहयोग गरेको र भबिष्यमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइने बताइएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved