नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2021 | 06:10:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाईनान्स Nepal Finance  ले ललितपुर फाईनान्सलाई प्राप्ति पश्चात  आषाढ २७ गते आइतबारदेखि एकिकृत कारोबार सुरु गरेको छ । कान्तिपथ स्थित होटल एल्लो प्यागोडामा सम्पन्न कार्यक्रममा दुवै संस्थाका संचालकहरु, नेपाल फाईनान्सका आधारभूत शेयरधनी एवम् उद्योग ब्यवसायी राजेन्द्र शाक्य र नेपाल फाईनान्सका प्रमुख कार्यकारी अधिकृत उध्दवराज थपलिया, ललितपुर फाईनान्सका का.मु. प्रमुख कार्यकारी अधिकृत चन्द्र शेखर खड्का लगायत सीमित कर्मचारीको उपस्थितिमा कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । 

निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.सं. २०४९ सालमा स्थापना भएको नेपाल फाईनान्स लिमिटेड र ललितपुर जिल्लाको पहिलो फाईनान्स कम्पनी ललितपुर फाईनान्स लिमिटेडबीच प्राप्तिको लागि मिति २०७७ पौष २३ गते प्रारम्भिक संम्झौता सम्पन्न भएको थियो । एकिकृत कारोबार पश्चात् विभिन्न १० शाखा कार्यालय र १ विस्तारित काउण्टरबाट आफ्नो सेवा प्रवाह गर्ने छ भने, डिजिटल बैंकिंग एटिएम कार्ड संचालनको लागि समेत सम्पूर्ण तयारी पुरा गरिसकेको, आगामी बर्षमा समेत शाखा विस्तारको रणनीति लिएको र देशका विभिन्न स्थानहरुमा १० वटासम्म शाखाहरु संचालनमा ल्याउने गरी प्रकृया अगाडी बढाइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलियाले बताए। 

प्रारम्भिक संझौता भएको ६ महिनाभित्रै एकिकृत कार्य सम्पन्न गरी ऐतिहासिक रेकर्ड कायम गरेको कम्पनीले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved