सर्लाहीको बरहथवामा प्रोग्रेशिभ फाइनान्सको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2021 | 04:10:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited  ले प्रदेश नं २ को बरहथवा नगरपालिका वडा नं ६मा शाखा कार्यालय विस्तार गरी कारोबार शुरुवात गरेको छ । यस संगै कम्पनीको शाखा संख्या ११ पुगेको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाले बरहथवा नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाहरुबाट समेत प्रवाह गरिने कम्पनीले उल्लेख गरेको छ ।

 प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको जनाएको छ । फाइनान्सले केही दिन भित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप पाँच वटा शाखा तथा दुईवटा विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved