जनकपुर र पाँचखालमा प्रोग्रेशिभ फाइनान्सको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2021 | 01:35:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स  Progressive Finance Limited  ले थप २ शाखा संचालनमा ल्याएको छ  । कम्पनीले प्रदेश नं २ को जनकपुर उपमहानगरपालिका वडा नं २ भानुचोक तथा बाग्मति प्रदेशको पाँचखाल नगरपालिका वडा नं ४ मा शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुरुवात गरेको छ ।

यस संगै कम्पनीको शाखा संख्या १३ पुगेको छ । कम्पनीएल ५ वटा एक्सटेन्शन काउन्टरहरु मार्फत पनि सेवा प्रदान गरिरहेको छ । 

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाहरुले जनकपुर तथा पाँचखालका नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको जनाएको छ । फाइनान्सले केही दिन भित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप ३ वटा शाखाहरु तथा एक विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved