प्रोग्रेसिभ फाइनान्सले सुरु गर्यो ऋण अटोमेसन प्रणाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2021 | 05:31:41 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेसिभ फाइनान्स Progressive Finance Limited ले एसबी सल्युसन (भगिनी संस्थाः डिजिहब प्रा.लि) सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने बताईएको छ ।

प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सल्युसनका  प्रमुख कार्यकारी अधिकृतसन्जोग मिश्रले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

क्रेडिट–एक्सको थालनी सँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुने दाबी गरिएको छ ।  यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पु¥याउनेछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ  र यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको बताईएको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउने दाबी फाइनान्सको छ । 

प्रोग्रेसिभ फाइनान्सको हाल १५ भन्दा बढि शाखाहरु छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved