प्रोग्रेसिभ फाइनान्सले एस्काभेटर र ट्याक्टर किन्न ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2021 | 05:31:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेसिभ फाइनान्स र भाजुरत्न एजेन्सीको भाजुरत्न एग्रोबीच सानी ब्राण्डका एस्काभेटर र एभेन्जर ब्राण्डका ट्र्याक्टर खरिदमा कर्जा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत भाजुरत्नका ग्राहकले प्रोग्रेसिभ फाइनान्सबाट मेसिनको मूल्यको ७० प्रतिशत सम्मको कर्जा लिन सक्नेछन् । कर्जा अवधि ५ वर्षको हुनेछ । यो सुविधा फाइनान्सको जुनसुकै शाखाहरुबाट लिन सकिने जनाईएको छ ।

नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको प्रोग्रेसिभ फाइनान्सले १० वटा शाखामार्फत कारोबार गर्दै आएको छ।

सम्झौतामा प्रोग्रेसिभ फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिशाल हुमागाई र  भाजुरत्न एजेन्सि तथा भाजुरत्न एग्रोको तर्फबाट उपाध्यक्ष निराजन रुपाखेतीले हस्ताक्षर गरेका छन् । 

भाजुरत्न एजेन्सीले सानी ब्राण्डका हेभी इकुप्मेन्टका साथ साथै भाजुरत्न एग्रो अन्तर्गत एभेन्जर ब्रान्डको ट्र्याक्टर बिक्री बितरण गर्दै आइरहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved