जीतपुर सिमरामा प्रोग्रेशिभ फाइनान्सको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 03:40:59 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited ले प्रदेश नं २ अन्तर्गत बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ मा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाबाट आजैबाट कारोबार सुरु गरिएको संस्थाले जनाएको छ ।

संस्थाले हाल १४ वटा शाखा तथा ५ वटा एक्सटेन्शन काउन्टरमार्फत सेवा व्रदान गर्दै आएको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाले जीतपुरसिमरा नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । 

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । 

फाइनान्सले केही दिन भित्र नै थप २ वटा शाखाहरु तथा एक विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी समेत गरिसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved