समृद्धि फाइनान्स र फेवा बजारबीच सम्झौता, शून्य प्रतिशतमै ५ लाखसम्म कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 05:56:39 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स र फेवा बजार बिच कन्जुमर इएमआइ कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ । अब ५० हजार देखि ५ लाख सम्मको सामाग्री खरिदमा जिरो प्रतिशत व्याजदरमा फेवा बजार तथा फाइनान्स कम्पनीका ग्राहकहरुले ६ महिना देखि ३६ महिना सम्मका लागि  कर्जा सुविधा पाउनेछन् । 

सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र फेवा बजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन आर्चायले हस्ताक्षर गरेका छन् । 

फाइनान्स कम्पनीका बजार तथा व्यवसायक प्रवद्र्धन प्रमुख शालिकराम पन्थीका अनुसार उक्त कर्जा बैंकका नयाँ तथा पुराना ग्राहकहरुलाई मध्यनजर गर्दै बनाइएको हो । यो कर्जाले ग्राहकहरुलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरिद गर्न सहज हुने बताइएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड  कर्पोरेट पे जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । हाल ५ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।

साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा इकेवाइसि लगायतको प्रबिधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउँदैछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved