आइ.सि.एफ.सि. फाइनान्सको डेपुटी सीईओमा अमित श्रेष्ठ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2021 | 03:11:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आइ.सि.एफ.सि. फाइनान्सले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठलाई नियुक्त गरेको छ । उनले विगत १३ वर्षदेखि आइ.सि.एफ.सि. फाइनान्समा विभिन्न विभागहरुमा रहेर काम गरिरहेका छन् । 

श्रेष्ठले आफ्नो बैंकिङ करियरको सुरुवात नेपाल एसबिआई बैंकबाट गरेका हुन् । अमित श्रेष्ठले काठमाण्डौ युनिभर्सिटीबाट एमबीए गरेका हुन् ।

उनको बैकिङमा १९ बर्षको अनुभव रहेको छ ।  आइ.सि.एफ.सि फाइनान्स लिमिटेडमा उनी नायवप्रबन्धक पदबाट आफ्नो कार्यभार सम्हालेका थिए ।

यस फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पन्त, नायव महाप्रबन्धकमा  लक्ष्मणप्रसाद जैसी तथा वरिष्ठ प्रबन्धकमा संजय थपलिया छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved