प्रोग्रेशिभ फाइनान्सको शाखा महोत्तरीको गौशालामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2021 | 03:19:53 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्सले महोत्तरीको गौशाला नगरपालिका ५, गौशाला बजारमा शाखा सञ्चालनमा ल्याएको छ । यस सँगै संस्थाका शाखाको संख्या १५ वटा पुगेका छन् । 

संस्थाका ५ वटा एक्सटेन्शन काउन्टरहरु छन् । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाले गौशाला नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा सम्पूर्ण रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved