प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा विकास महर्जन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2021 | 05:27:04 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्सको सञ्चालक समिति सदसयमा विकास महर्जन नियुक्त भएका छन् । 

इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरेका महर्जनले नेपाल राष्ट्र बैंक, नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, नेपाल टेलिकम, नेपाल स्टक एक्सचेन्ज लगायत झण्डै एक दर्जन बैंक तथा वित्तीय संस्थाहरुमा सूचना प्रविधि विशेषज्ञका रुपमा काम गरिसकेका व्यक्ति हुन् ।

यसबाहेक उनले प्रभु टेक्नोलोजीको प्रमुख कार्यकारी अधिकृत तथा प्रभु समूहमा महाप्रबन्धकका रुपमा समेत काम गरिसकेका छन् । 

फाइनान्सको सञ्चालक समितिमा उनको नियुक्तिबाट संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास फाइनान्सका अध्यक्ष किशोर महर्जनले व्यक्त गरे ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल १५ वटा शाखा तथा ५ वटा विस्तारित काउन्टरहरु मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved