बेष्ट फाइनान्सको न्युरोड शाखा सर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2021 | 03:50:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्स Best Finance Company ले काठमाडौँ महानगरपालिका २२ स्थित न्युरोड शाखा कार्यालय सरेको छ । फाइनान्सले सोही वडाको न्युरोड, पिपलवोटस्थित रमा गृह भवनमा आज ९ गते बुधबार उक्त शाखा स्थानान्तरण गरी कार्यालय संचालन गरेको हो ।

स्थानान्तरण भएको उक्त शाखाको संस्थाका संचालक समितिका महिला संचालक सुशिला खनाल तथा नेपाल सुनचांदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रुपमा उद्घाटन गरे ।

नेपालको ४ वटा पुरानो फाईनान्स कम्पनीहरु मर्ज भई बनेको वेष्ट फाईनान्सले हाल १४ वटा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved