मञ्जुश्री फाईनान्सका ४ शाखा एकसाथ उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2021 | 04:16:59 PM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाईनान्स Manjushree Finance ले एकसाथ ४ शाखा सञ्चालनमा ल्याएको छ । फाईनान्सले आफ्नो बाह्रौं, तेह्रौं, चौधौ र पन्ध्रौ  शाखा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले रुपन्देही  जिल्लाको मुर्गिया, योगिकुटि, मणिग्राम र भैरहवाबाट कारोबार सुरु गरेको हो । फाईनान्सका अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयहरुको उद्घाटन गरेका हुन् ।

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान,पोखरा र विरगञ्जमा शाखा सञ्चालनमा ल्याईसकेको छ । 

२०७८ साल अषाढ मसान्तसम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ८.९१ अर्ब निक्षेप संकलन गरी ७.९५ अर्ब कर्जा परिचालन गरेको छ  । 

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved