मञ्जुश्री फाइनान्सका ३ वटा नयाँ शाखाबाट कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2021 | 06:07:22 PM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाईनान्सले नवलपुरको गैंडाकोट, चितवनको हाकिमचौक भरतपुर र पर्सावजार शाखाबाट कारोबार सुरु गरेको छ । 

कम्पनीका सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सदस्यज्यूहरुले  शाखाको उद्घाटन गरेका छन् ।

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम र भैरहवामा १५ वटा शाखा रहेका थिए भने थप ३ सहित शाखा संख्या १८ पुगेको छ । 

२०७८ साल अषाढ मसान्त सम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ८.९१ अर्व निक्षेप संकलन गरि ७.९५ अर्व कर्जा परिचालन गरेको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved