समृद्धि फाइनान्समा नयाँ सञ्चालक नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 08:22:08 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स Samriddhi Finance Company  को सञ्चालक पदमा सुजन अधिकारी नियुक्त भएका छन् । उनी नेपा पेट्रोलियम ट्रेड लिंक प्रा.लि. बाट मनोनित भएका हुन् । सञ्चालक समितिको भाद्र ३० गते बसेको वैठकबाट उनी संचालक पदमा नियुक्ति भएका हुन् । 

 नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ । संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा इकेवाइसि लगायतको प्रबिधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउँने जनाएको छ । 

साविकको वल्र्ड मर्चेन्ट बैंकिग एण्ड फाइनान्स लिमिटेड नयाँ ब्यबस्थापनले लिएपछि समृद्धि फाइनान्सको रुपमा आएको हो ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved