समृद्धि फाइनान्सद्वारा संचालक, ठूला शेयरधनी र कर्मचारीलाई तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2021 | 08:48:33 AM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स Samriddhi Finance Company  ले आश्विन २२ गते शुक्रवार संचालक स्तरिय अभिमुखिकरण तथा ज्ञान आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । दुई चरणमा गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा संचालक समितिका सदस्यहरुलाई नेपाल राष्ट्र बैंक नियमन विभागका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले संस्थागत सुशासनका बारेमा तालिम दिएका हुन् ।

त्यस्तै दोस्रो चरणमा संचालक, २ प्रतिशत भन्दा बढी सेयर धारण गरेका सेयरधनी, व्यवस्थापन र अन्य कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाका बारेमा बैंकिङ्ग विज्ञ वाल नरसिंह घर्तीले प्रशिक्षण दिएका हुन् । उक्त कार्यक्रम इन्द्रेनी होटेल, नयाँ वानेश्वरमा आयोजना गरिएको थियो ।

समृद्धि फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ । जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम व्याजदर हो ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ । संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा इकेवाइसि लगायतको प्रबिधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउँने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved