भोल्भो निर्माण उपकरण किन्दा समृद्धि फाइनान्सले ८० प्रतिशत कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 06:17:19 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र टाइम्स मोटर प्रा.लि. बीच निर्माण उपकरणहरुका खरिदकर्ताहरुका लागी उपकरण ऋण उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापछि फाइनान्सका सबै शाखाबाट देशभरका भोल्भो निर्माण उपकरणका सम्भावित खरिदकर्ताहरुले उपकरण ऋण सुविधा प्राप्त गर्नेछन् । जस अन्तर्गत टाइम्सका सम्भावित ग्राहकले उपकरण लागतको ८० प्रतिशतसम्म कर्जा फाइनान्सबाट लिन सक्नेछन् । सो कर्जाको अवधि अधिकतम ५ वर्षको हुनेछ । 

उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र टाइम्स मोटरर्सको तर्फबाट प्रबन्ध निर्देशक दिपक राज गीरीले हस्ताक्षर गरेका छन् । 

समृद्धि फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम व्याजदर हो ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले ५ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved