गोर्खाज फाईनान्सका अध्यक्षद्वारा सपथ ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 05:35:17 PM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खाज फाईनान्स Gurkhas Finance Limited का संचालक समितिका नवनियुक्त अध्यक्ष गौरव बुढाथोकीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल समक्ष सपथग्रहण गरेका हुन् ।

कातिक १५ गते बसेको संचालक समितिको ४३१ औं बैठकले संचालक बुढाथोकीलाई आगामी ४ बर्ष कार्यकालको लागी अध्यक्ष पदमा चयन गरेको थियो ।

बैंक तथा वित्तिय संस्था ऐन, २०७३ को दफा १२७ को उपदफा २ वमोजिम संचालक समितिका अध्यक्षले नेपाल राष्ट्र बैंकका निर्देशक समक्ष पद तथा गोपनियताको सपथ लिनु पर्ने कानुनी व्यवस्था रहेको छ ।

फाइनान्सले निसुल्क डेविट कार्ड, ईन्टरनेट बैंकिङ्, एविविएस सेवा, चेक बुक, कनेक्ट आई.पि.एस. तथा रेमिटेन्स सेवा दिदै आएको छ । हालसम्म फाइनान्सको मुख्य कार्यलय सहित २६ वटा शाखा कार्यलयहरु र एउटा एक्सटेन्सन काउन्टर छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved