प्रोग्रेशिभ फाइनान्सको मुख्य कार्यालय सर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2021 | 02:58:58 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited  ले बाग्मति प्रदेशको काठमाडौं महानगरपालिका वडा नं २२ पाको, न्यूरोडमा रहेको मुख्य शाखा कार्यालयलाई सोहि वडाको मिरा होम, खिचापोखरीमा स्थानान्तरण गरी कारोबार शुरुवात गरेको छ । स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयबाट वित्तीय संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले कारोबार शुभारम्भ गरेका हुन् ।

उक्त अवसरमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले नयाँ क्षेत्रमा स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयले नयाँ व्यवसाय विस्तारमा ठूलो भूमिका खेल्नसक्ने सम्भावनाबारे चर्चा गर्दै आसपासका व्यवसायीहरुलाई सहज र सरल वित्तीय सेवा प्रदान गर्दै व्यवसायिक गतिविधिहरु बढाउनेतर्फ अग्रसर रहन शाखा प्रबन्धक लगायत शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिएका छन् । 

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको  प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको जनाएको छ । फाइनान्सले हाल १६ शाखा कार्यालय तथा ५ वटा विस्तारित काउण्टरहरु मार्फत वित्तीय सेवाहरु प्रवाह गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved