काठमाडौँ र सर्लाहीमा रहेको ३ रोपनी बढी जग्गा लिलाम गर्दै आईसिएफसि फाइनान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2022 | 10:02:32 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसिएफसि फाइनान्सले आफ्नो स्वामित्वमा रहेको ३ रोपनी बढी जग्गा बिक्रि गर्ने भएको छ l कम्पनीले काठमाडौँ र सर्लाहीमा रहेको जग्गा बिक्रि गर्नको लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छl

कम्पनीले काठमान्डूमा रहेको १ रोपनी १० आना जग्गा र सर्लाहीमा रहेको १ रोपनी १२ आना जग्गा बिक्रि गर्न लागेको हो l कम्पनीले मालपोत कार्यालय कलंकी काठमाण्डौमा आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको नाममा दर्ता कायम रहेको का.जि. साविक टल्कुड्डे चौर वडा नं. ४ क, कि.नं. ४८, क्षेत्रफल रोपनि १-१०-०-० (८२६.७० ब.मि ) को जग्गा र सोमा भए रहेका सम्पूर्ण लिगलगापातहरु समेत र  मालपोत कार्यालय हरिवन सर्लाहिमा आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको नाममा दर्ता कायम रहेको सर्लाही जिल्ला साबिक पत्थरकोट वडा नं. ६ क, कि.नं. ३५९, क्षेत्रफल विगाहा १-१२-०-० को जग्गा सोमा भए रहेका सम्पूर्ण लिगलगापातहरु समेत  बिक्रि गर्नको लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो l

कम्पनीले पुस २६ गतेभित्रमा बोलपत्र बुझाउन आग्रह गरेको छ भने पुस २८ गते बोलपत्र खोलिने जनाएको छ l कम्पनीले आवेदन दिंदा कबुल गरेको रकमको १० प्रतिअशत रकम धरौटी वापत बुझाउनु पर्ने जनाएको छ l कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरेर जग्गा निरीक्षण गर्न जान सकिने र आवेदन दिंदा दुई वटै ठाउको जग्गाको लागि वा छुट्टाछुट्टै आवेदन दिन सकिने कम्पनीले जनाएको छ l 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved