बेष्ट फाईनान्सको थतिचोक शाखा लगनखेल बसपार्कसँंगै स्थानान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2022 | 07:29:14 PM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाईनान्स कम्पनीको ललितपुर महानगरपालिका १२, थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँंगै स्थानान्तरण गरी आईतवारबाट संचालनमा आएको छ। नयाँ शाखा कार्यालयको महिला संचालक लक्ष्मी श्रेष्ठ र पूर्व संचालक मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन।

कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवम ग्राहक महानुभावहरुको उपस्थिति रहेको थियो । यस वेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत  बितिय सेवा दिदै आएको छ ।

यस फाइनान्सवाट डिजिटल बैकिङ्ग सेवा लगायत सबै प्रकारका बैकिङ सेवाहरु उपलब्ध गराउँदै आएको बताइएको छ । नयाँ सेवा अन्तर्गत हालै अनलाइन खाता खोल्ने सुविधा संचालनमा ल्याएको फाइनान्स स्रोतले बताएको छ । जसबाट देशविदेशमा रहेका नेपालीहरुले अनलाइन  खाता खोल्न सक्नेछन् ।  






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved