मञ्जुश्री फाईनान्सको शाखा चाबहिल र गोंगबुमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2022 | 06:08:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाईनान्सले काठमाडौँको काठमाडौं महानगरपालिका ०७, चाबहिल तथा टोखा नगरपालिका ०४, गोंगबुमा शाखा सञ्चालनमा ल्याएको छ । 

नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौँ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, ईनरुवा, झुम्का बजार र विराटचोकमा २१ वटा शाखा रहेका थिए भने अव थप २ शाखासहित शाखा संख्या २३ पुगेको छ ।  

२०७८ साल पौष मसान्तसम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ११.६३ अर्ब निक्षेप संकलन गरि ११.०२ अर्ब कर्जा लगानी गरेको छ । 

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग र एटिएम सेवा पनि यपलब्ध गराउँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved