राष्ट्र बैंकले स्वीकृत गर्यो प्रोग्रेशिभ फाइनान्सको संशोधित लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2022 | 05:03:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited को लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले आज आइतबार कम्पनीको आर्थिक वर्ष ७७/७८ को लाभांश सहित अन्तिम लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेको हो  ।

कम्पनीले प्रस्ताव गरेको  ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश बितरणको लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो। यस संगै अब कम्पनीले हाल कायम चुक्ता पुँजी ८० करोड १ लाख बराबरको ६ प्रतिशतले हुन आउने ४ करोड ८० लाख ६ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.३१५८ प्रतिशतले हुन आउने २५ लाख २६ हजार ६ सय ३२ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने छ ।

कम्पनीले सुरुमा हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.३६८४ रुपैयाँ नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  । बैंकलाई राष्ट्र बैंकले  कर सम्बन्धी प्रावधानमा केही फेरबदल गर्न निर्देशन दिएको थियो । जसका कारण खुदनाफामा फेबदल भएको र लाभांश पनि परिमार्जन गर्नु परेको बैंकले जनाएको थियो ।  त्यसपछि कम्पनीले  ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश बितरणको प्रस्ताव गरेको थियो  । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि बुक क्लोज गरिसकेकोले कम्पनीको ७ प्रतिशत बोनसमा नै मूल्य समायोजन भईसकेको छ। अब बोनस दर ६ प्रतिशत कायम गरिएकोले यस अघि गरिएको समायोजन के हुन्छ भन्ने प्रश्न उठेको छ । नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुली यस विषयमा समबन्धित विभागले नै निर्णय गर्ने बताउछन् ।   नेप्सेको बजार संचालन विभाग अन्तर्गतको सूचीकरण शाखाले यस विषयमा उठाएको टिप्पणीको आधारमा निर्णय हुने भएकोले के हुन्छ भन्ने अहिले नै भन्न नसकिने उनको भनाई छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved