समृद्धि फाइनान्सको बुटवल शाखाद्धारा खुला रक्तदान कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2022 | 06:28:08 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बुटवल शाखाबाट खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । फाल्गुण २७ गते  विहान १० बजेदेखि सुरु गरिएको उक्त कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेको हो ।

बुटवल शाखाको प्राङगणमा आयोजना गरिएको उक्त कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन्। “रक्तदान जिवनदान” भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको व्यवसाय विभाग प्रमुख सुरज कुमार सराफले जानकारी दिएका हुन् ।

फाइनान्सले यस अघि पनि फाल्गुन २१ गते पुतलीसडक, हेटौंडा, नारायणगड र पोखरा शाखाबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । जसमा कुल १८६ जनाले रक्तदान गरेका थिए ।   




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved