बेष्ट फाइनान्सको २५औँ बार्षिक साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2022 | 06:54:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्सको २५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका  संचालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादीमा सभा सम्पन्न भएको हो ।

सभाले आ.ब.२०७७ र २०७८ को संचालक समितिको प्रतिवेदन तथा बार्षिक वित्तीय विवरण पारित गरेको छ । साथै आ.ब.२०७८ र २०७९ का लागि लेखापरिक्षकको नियूक्तीको प्रस्ताव समेत पारित गरेको छ ।

सभामा शेयरधनी महानूभावहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ संस्थाका अध्यक्ष खिमलाल पौडेलले दिएका थिए । संस्थाको भावी योजना सम्बन्धमा प्रमूख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले प्रकाश पारेका थिए ।

कार्यक्रममा संस्थाका मूख्य लगानीकतार्, एनआरएनका सचिव राजेन्द्र कुमार शर्मा, एशिया प्याशिफिक क्षेत्रका संयोजक रोविन्द प्रसाद श्रेष्ठ(गोविन्द)ले बोलेका थिए । कार्यक्रम संस्थाका कम्पनी सचिव राजसून्दर श्रेष्ठले संचालन गरेका थिए ।

आर्थिक तथा पर्यटकीय नगरी चितवनको नारायणगढ, सहिदचोकमा १५औं शाखा विस्तार गरेको यस फाइनान्सले निकट भविष्यमा बाग्लुङको गलकोट, प्रदेश नं. २ को विरगंज तथा प्रदेश नं. १ को इटहरी सहित  अन्य जिल्लाहरुमा शाखा कार्यालय खोल्ने योजना रहेकोे बताइएको छ । 

वेष्ट फाईनान्सले घरमै बसि अनलाईन मार्फत सहज तथा सरल तवरले खाता संचांलनको सुविधा समेत संचालनमा ल्याएको  प्रमूख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved