मल्टीपर्पस फिनान्स कम्पनीको नाम र लोगो परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2022 | 08:47:47 AM मा प्रकाशित

laxmi  sunrise bank

मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड (वित्तीय संस्था) को नाम परिवर्तन भएको छ । कम्पनीको नयाँ नाम 'मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड (वित्तीय संस्था)' कायम भएको छ ।

कम्पनीको २०७८।०९।३० गते सम्पन्न चौबिसौं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम कम्पनीको नामबाट सृजना भएको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदि सबै परिवर्तित नामले सकार्ने व्यहोर्ने गरि नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७८।१२।२ को पत्रबाट स्वीकृती प्राप्त भई आएकोले नाम परिवर्तन गरिएको कम्पनीले जनाएको छ।

नाम संगै कम्पनीको लोगो पनि परिवर्तन भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved