समृद्धि फाइनान्स र भज्जु चुल्हो बीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2022 | 03:42:45 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स र चितवनमा रहेको भज्जु चुल्हो (नेवारी खाजा घर) बीच सम्झौता भएको छ ।  समृद्धि फाइनान्सका कार्मचारी तथा खातावालहरुलाई खाना तथा पेय पदार्थमा रु. ५ हजार सम्मको बिलमा १०% र रु. ५ हजार भन्दा माथिको बिलमा १२% छुट दिने सम्झौता भएको हो ।

 सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट यस संस्थाको चितवन शाखाको शाखा प्रवन्धक बिकास सापकोटा र  भज्जु चुल्होका संचालक पार्वती श्रेष्ठले हस्ताक्षर गरेको संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।                                            



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved