समृद्धि फाइनान्सद्धारा ३०० जेष्ठ नागरिकलाई सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2022 | 09:43:27 AM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले जेष्ठ २८ गते जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ।  पाँचै शाखाबाट उक्त कार्यक्रम आयोजना गरिएको फाइनान्सले जनाएको छ। 

कार्यक्रममा ७० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गरिएको थियो । पाँचै शाखाबाट करिब तिन सय जना लाई सम्मान गरिएको व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुतलीसडक शाखामा शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख केशव राज जोशि, हेटौंडामा हेटौंडा उ.न.पा.का उप मेयर राजेश बानियाँ, पोखरामा कानुन संचार तथा प्रदेशसभा मामिला मन्त्रालय, गण्डकी प्रदेशका मन्त्रि विन्दु कुमार थापा, नारायणगढ शाखामा संस्थाका अध्यक्ष ठाकुर प्रसाद भट्टराई र बुटवल शाखामा संचालक सुजन अधिकारीको उपस्थिति रहेको संस्थाले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved