समृद्धि फाइनान्सद्धारा नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2022 | 07:06:41 PM मा प्रकाशित

laxmi  sunrise bank

 समृद्धि फाइनान्सले नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण गरेको छ । फाइनान्सले नारायणगढ भ.म.न.पा.वडा न.१ मा रहेको श्री राष्ट्रिय आधारभूत बिधालय  र पोखरा वडा न. २१ मा रहेको श्री बयाली आधारभूत बिधालयमा शैक्षिक सामाग्री वितरण गरेको हो ।

फाइनान्सले २०० जना बिधार्थीहरुलाई ९०० थान कापी र २०० थान पेन वितरण गरेको का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ । 

 फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।                    



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved