समृद्धि फाइनान्सद्धारा शैक्षिक सामाग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2022 | 07:45:20 PM मा प्रकाशित

laxmi  sunrise bank

 समृद्धि फाइनान्सले हेटौडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामाग्री वितरण गरेको छ । फाइनान्सले हेटौडा उ.म.न.पा.वडा न.१ मा रहेको श्री अमर माध्यमिक बिधालय, काठमाडौँको   महाराजगंजमा रहेको शिवपुरी उच्च माध्यमिक बिधालय र बुटवल वडा न.११ मा रहेको श्री मायादेवी जनजागृति आधारभूत बिधालयमा शैक्षिक सामाग्री वितरण  गरेको हो।

यस कार्यक्रम अन्तर्गत २७० जना बिधार्थीहरुलाई १,३५० थान कापी र २७० थान पेन वितरण भएको यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत  सुरज कुमार सर्राफले जानकारी दिए । फाइनान्सले श्रावण २५ गते नारायणगढ भ.म.न.पा.वडा न.१ मा रहेको श्री राष्ट्रिय आधारभूत बिधालय  र पोखरा वडा न. २१ मा रहेको श्री बयाली आधारभूत बिधालयमा पनि शैक्षिक सामाग्री वितरण  गरेको छ।

फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।                                     



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved