फाइनान्स कम्पनीहरु मध्ये कुन सूचकमा को अगाडी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 04:51:11 PM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्ष फाइनान्स कम्पनीहरु मध्ये अधिकांश महत्वपूर्ण सूचकमा आईसीएफसी फाइनान्स उत्कृष्ट देखिएको छ। ९ वटा सूचकलाई दाँजेर हेर्दा ५ वटा सूचकमा आईसीएफसी फाइनान्स उत्कृष्ट बनेको हो।

खुद मुनाफामा आईसीएफसी फाइनान्स अग्रस्थानमा रहेको छ भने दोस्रो स्थानमा गुडविल फाइनान्स रहेको छ । गत आर्थिक वर्ष आईसीएफसी फाइनान्स २० करोड ६ लाख ८ सय ५१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने गुडविल फाइनान्सले १८ करोड ८५ लाख ५५ हजार ६ सय २४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

संस्था कति बलियो भन्ने आधार थाहा पाउने महत्त्वपूर्ण सूचक रिजर्भ एण्ड सरप्लसमा भने गुडविल फाइनान्स पहिलो, दोस्रोमा गोर्खाज फाइनान्स र बेष्ट फाइनान्स तेस्रोमा रहेको छ । गत आर्थिक बर्ष गुडविल फाइनान्सको रिजर्भमा ९१ करोड ७७ लाख ९३ हजार ६६३ रुपैयाँ हुँदा गोर्खाज फाइनान्सको ६७ करोड २५ लाख ९३ हजार १८७ रुपैयाँ, बेष्ट फाइनान्स को ५६ करोड ८६ लाख २२ हजार ५१४ रुपैयाँ रहेको छ।

वितरण योग्य मुनाफामा भने आईसीएफसी फाइनान्स नै अगाडी छ भने दोस्रो नम्बरमा गुहेश्वरी फाइनान्स र तेस्रो नम्बरमा मञ्जुश्री फाइनान्स रहेको छ । चुक्ता पुँजीको सूचकमा मञ्जुश्री फाइनान्स, निक्षेप संकलनमा आईसीएफसी फाइनान्स,ऋण प्रवाहमा आईसीएफसी फाइनान्स, खुद ब्याज आम्दानीमा आईसीएफसी फाइनान्स , प्रति शेयर आम्दानीमा बेष्ट फाइनान्स र शाखा बिस्तारमा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ ।

हेर्नुस् विभिन्न सूचकमा कुन फाइनान्स अगाडी |



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved