समृद्धि फाइनान्सको सातौ शाखा बनेपामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2022 | 10:43:10 AM मा प्रकाशित

laxmi  sunrise bank

 समृद्धि फाइनान्सले बनेपामा शाखा संचालनमा ल्याएको छ । यो कम्पनीको सातौ शाखा हो ।

बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले आज  बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् ।  कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए।  चाँडै नै आठौ शाखाको रुपमा जनकपुर शाखाको पनि उदघाटन गरिने फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्यन अधिकृत सुरज कुमार सर्राफले बताएका छन्।

समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved