बेष्ट फाइनान्सको उपस्थिति मधेष प्रदेशमा पनि, वीरगंजमा खोल्यो शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2022 | 05:59:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्स कम्पनीले आफ्नो १७ औं शाखा संचालनमा ल्याएको छ । कम्पनीले मधेश प्रदेशको पहिलो शाखाको रुपमा वीरगंजको घण्टाघर लिङ्करोडमा फाइनान्सले १७ औं शाखा संचालनमा ल्याइ वित्तीय कारोवारको शुभारम्भ गरेको हो । 

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । 

यहि आसोज भित्र १८ औं शाखाको रुपमा सुनसरी जिल्लाको ईटहरीमा शाखा खोलिनुका साथै निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा संजाल बिस्तार गरी देशको सातै प्रदेशमा आप्mनो शाखा संजाल पुर्याउने फाइनान्सले जनाएको छ ।

साथै, आउँदा दिनहरुमा देशका बिभिन्न स्थानहरुमा आवश्यकता र माग बमोजिम शाखा खोल्दै लगिने संस्थाको लक्ष्य रहेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved