समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापनको लागि १० जनाको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2022 | 01:01:15 PM मा प्रकाशित

laxmi  sunrise bank

समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि १० जनाको आवेदन परेको छ । नेपाल राष्ट्र बैंकले भदौ २० गते समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका दरखास्त आह्वान गरेको थियो ।

उक्त फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्नु पर्ने भएकोले १ जना संयोजक र १ जना सदस्यको लागि राष्ट्र बैंकले इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको थियो । जसमा संयोजक पदको लागि ५ जना र सदस्य पदको लागि ५ जनाको आवेदन परेको छ ।

संयोजकको पदको लागि प्रकाश कुमार श्रेष्ठ, विनय रिजाल, विष्णुमणि गौतम, शिवभक्त पोखरेल र सागर कुमार घिमिरेको आवेदन परेको छ । त्यस्तै सदस्य पदको लागि इश्वर कुमार कार्की, काजीराम कार्की, गोबिन्द प्रसाद शर्मा, तारानाथ पाण्डे र श्रीराम सिटौला रहेका छन्।  

राष्ट्र बैंकले उनीहरुको कार्ययोजना तथा प्रस्तुतिकरणको लागि समय समेत निर्धारण गरेको छ ।  अब कार्ययोजना तथा प्रस्तुतीकरणपछि राष्ट्र बैंकले १ संयोजक र १ सदस्य दिन्युक्त गर्ने छ ।   

 राष्ट्र बैंकका अनुसार संयोजक पदको लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ हुनु पर्ने छ । त्यस्तै सदस्य पदको लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी लेखासम्बन्धी कार्यमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको वा चार्टर्ड एकाउण्टेन्सी पास गरी न्यूनतम ५ वर्षको कार्यानुभव प्राप्त गरेको लेखा विज्ञ हुनु पर्ने छ।

संयोजकको लागि रु.१,२६,३००।- (अक्षरेपि एक लाख छब्बीस हजार तीन सय मात्र) तथा सदस्यको लागि रु.१,०३,६००।- (अक्षरेपि एक लाख तीन हजार छ सय मात्र) मासिक पारिश्रमिक (नियमानुसारको करसहित) प्रदान गरिनेछ । दशैं खर्चबापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गरिनेछ । सो बाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान गरिने छैन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved