समृद्धि फाइनान्सको नारायणगढ चितवन शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2023 | 04:09:37 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले फाल्गुण २७ गते शाखा कार्यालय नारायणगढ चितवनबाट खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम शाखाको पा्रङगणमा सम्मन्न गरिएको थियो ।

फाल्गुण  १८ बाट सुरु गरिएको कार्यक्रम भोलि २८ गते बुटवल शाखाबाट आयोजना गरी समापन गर्ने तालिका रहेको संस्थाले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved