फाइनान्स कम्पनीहरुले पनि घटाए ब्याजदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2023 | 04:56:30 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइनान्स कम्पनीहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन्। नेपाल वित्तीय संस्था संघको आजको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

संघका अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले फाइनान्स कम्पनीहरुले एक बर्ष र सो भन्दा माथिको मुद्दति निक्षेपको ब्याज दर ०.२० प्रतिशत र ‘तीन महिनामाथिको निक्षेपको ब्याज दर ०.१५ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको बताए। यस सँगै पहिला १२.१० प्रतिशत रहेको ब्याज अब चैतदेखि ११.९ प्रतिशत कायम हुने छ। बचतको ब्याजमा भने कुनै फेरबदल गरिएको छैन।

संस्थागततर्फ स्वतः २ प्रतिशत कम हुने गरि ब्याज कायम हुने संघले जनाएको छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved