प्रोग्रेशिभ फाईनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2023 | 07:43:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाईनान्स लिमिटेडको पोखरा शाखाले विद्यार्थीहरुलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शाखाले कान्तिपुर टुरिजम एण्ड होटल मेनेजमेष्ट कलेज पोखरा महानगरपालीका वडा नं. ०८, सुन्दर मार्गमा कक्षा ११ र १२ को विद्यार्थीहरुलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो।

 कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक आर्या जोशीले बित्तित साक्षरता तथा ग्लोबल मनि विक २०२३ तथा यसको उद्देश्यका बारेमा प्रकाश पारेका थिए ।  त्यस्तै शाखा प्रमुख टंक ढकालले वित्तीय साक्षरता तथा फाईनान्सका विभिन्न सेवाहरुका सम्बन्धमा जानकारी गराएका थिए ।

कलेजमा अध्ययनरत ५५ जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रमबाट बैंकिङ एवं वित्तीय क्षेत्रका विभिन्न सेवा सुविधाहरुका बारेमा सूचना प्राप्त गरी कार्यक्रम उपलब्धिमूलक रहेको जानकारी सहभागीहरुले दिएको फाइनान्सले जनाएको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved