साविकको क्रिष्टल फाइनान्सका निक्षेपकर्तालाई १५ दिन भित्र निक्षेप दावी गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2023 | 09:51:55 AM मा प्रकाशित

laxmi  sunrise bank

खारेजी प्रक्रियामा रहेको क्रिष्टल फाइनान्सको लिक्वीडेटरको कार्यालयले निक्षेपकर्ताहरुलाई निक्षेप लिनको लागि दाबी पेश गर्न आग्रह गरेको छ ।  क्रिष्टल फाइनान्समा निक्षेप खाता रहेका व्यक्ति. संघ, संस्थाहरुलाई १५ इदं भित्लेर आफनो लिन बाँकी निक्षेप भुक्तानी लिन दावी पेश गर्न कार्यालयले आग्रह गरेको हो।

दावी पेश गर्दा निक्षेपकर्ताको खाताको नाम, निक्षेप रकम, निक्षेपकर्ताको खाता खोल्दाको बखतको हस्ताक्षर, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, संस्थाको हकमा दर्ता तथा प्यान प्रमाणपत्र, र फोटो संलग्न गर्नु पर्ने कार्यालयले जनाएको छ ।

कार्यालयले यस अघि नै क्रिष्टल फाइनान्सलाई ऋण प्रदान गर्ने सम्पूर्ण साहुहरुलाई आफनो ऋण दाबी पेश गर्न सूचना जारी गरि सकेको छ ।   

नेपाल राष्ट्र बैंकलेक्रिष्टल फाइनान्सको लाईसेन्स खारेज गरिसकेको छ भने हाल यो कम्पनी खारेजी प्रक्रियामा रहेको छ ।  पुनरावेदन अदालत, पाटनको मिति २०७२।७।२० को फैसला र उच्च अदालत, पाटनको २०७७ /९/१२ को आदेशानुसार फाइनान्सलाई खारेज प्रक्रियामा लागिएको हो। कम्पनीलाई खारेजी प्रक्रियामा  लैजान अदालतको आदेश अनुसार नै लिक्वीडेटरको कार्यालय स्थापना भएको हो । कार्यालय बागदरबार स्थित चर्चिल कम्प्लेक्समा रहेको छ ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved