समृद्धि फाइनान्सले ल्यायो 'ग्याँस सँगै क्यास' योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2023 | 07:21:16 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले  क्यास व्याक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्यास तथा पानीको क्रेता र विक्रेताले समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्यु आर प्रयोग गरि कारोबार गर्दा क्यास व्याकको सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसर क्यास योजना अन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्यु आर प्रयोग गरि ग्यासको खरिद विक्रि कारोबार गर्दा प्रति सिलिन्डर क्रेताले रु. ५० र विक्रिेताले रु. १० क्यास व्याक प्राप्त गर्नेछन । त्यस्तै, पानी बचतको बानी योजना अन्तर्गत प्रत्येक पानिको जार खरिद गर्दा खरिदकर्ताले रु. ५ क्यास व्याक प्राप्त गर्नेछन । उक्त योजना सिमित अवधिको लागि हुने फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved