आई.सि.एफ.सि फाइनान्सको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2024 | 06:10:33 PM मा प्रकाशित

nepal oil ltd

आई.सि.एफ.सि फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र “९% आई.सि.एफ.सि.फाइनान्स डिबेञ्चर—२०८८” निष्कासन गर्ने भएको छ । 

कम्पनीले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका हुन् ।

उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्कासन गरिने कम्पनीले जनाएको छ ।

उक्त कम्पनीले २१ शाखा, एक एक्स्टेन्सन काउन्टरका साथै २१ वटा एटीएमबाट  सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved