समृद्धि फाइनान्सको मधुवन शाखाले मनायो पहिलो वार्षिकोत्सब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2024 | 04:32:18 PM मा प्रकाशित

समृद्धि फाइनान्स कम्पनीको मधुवन शाखाले शनिवार आफनो पहिलो वार्षिकोत्सब मनाएको छ ।

कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको थियो । शाखाले स्थापनाकालदेखि हालसम्म २ हजार १०० ग्राहकलाई आवद्ध गर्दै ४ करोड ८० लाख रुपैयाँ बचत संकलन र १ करोड ४७ लाख रुपैयाँ लगानी गरेको कम्पनीका शाखा प्रमुख केशव पौडेलले जानकारी दिएका थिए ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका स्थानीय व्यापारीहरु, वचतकर्ताहरु,बुद्धिजीवि, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि आदिको उपस्थिति थियो । सो अवसरमा शाखा प्रमुख पौडलले आगामी दिनमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिएर गुणस्तरिय कर्जा लगानीमा अगाडि बढ्ने र बैंकिङ सेवालाई थप सशक्त बनाउने योजना रहेको बताएका थिए  ।

कम्पनीले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यसका साथै कम्पनीले मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु पनि नि : शूल्क प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved