समृद्धि फाइनान्सको इटहरी शाखाले बृक्षरोपण गरेको छ । कम्पनीले स्थानीयको सहभागितामा साउन २५ गते इटहरी बिराटनगर राजमार्ग परिसरमा १८वटा बगम्बेली फूलका विरुवा रोपण गरेको हो ।
साउन महिनाको पहिलो साताबाट शुरु भएको बृक्षरोपण अभियान नारायणगढ र औरही शाखाले सम्पन्न गरिसकेको र साउन महिना भित्र अन्य शाखा कार्यालयहरुबाट पनि गर्ने कार्यक्रम तय भएको कम्पनीले बताएको छ ।
कम्पनीले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
यसका साथै कम्पनीले मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु पनि निःशुल्क प्रदान गरिरहेको छ ।