प्रोग्रेशिभ फाइनान्स र ब्लू क्रस अस्पतालबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2024 | 01:02:19 PM मा प्रकाशित

laxmi sunrise bank

प्रोग्रेशिभ फाइनान्स लिमिटेड र ब्लू क्रस अस्पताल प्रालिबीच सम्झौता भएको छ । फाइनान्स र अस्पताल बिच आपसी व्यवसायिक हित तथा अन्य कार्यहरूमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सम्झौताअनुसार फाइनान्सका ग्राहक, शेयरधनी, कर्मचारी तथा कर्मचारीका परिवारहरूलाई अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवाहरुमा १० देखि १२ प्रतिशतसम्म छूट पाउनेछन् । 

यसबाहेक रक्तदान, विभिन्न स्वास्थ्य शिविर लगायतका संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलापमा फाइनान्ससँग सहकार्य गर्नेसमेत समझदारी भएको फाइनान्सले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

समझदारीपत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा अस्पतालका तर्फबाट व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे । 

उक्त अवसरमा फाइनान्सका प्रमुख सञ्चालन अधिकृत प्रमोद भट्टराई र अधिकृत अमिन श्रेष्ठ एवं अस्पतालका तर्फबाट वित्त तथा प्रशासन निर्देशक सतीदेवी गौतम सिंह र वरिष्ठ बजार अधिकृत सन्दिप रन्जितकारको समेत उपस्थिति थियो । 

सो अवसरमा फाइनान्स र अस्पतालबीच गरिने सहकार्यहरूबाट सञ्चालन गर्न सकिने विभिन्न सम्भावित क्रियाकलापहरूबारे छलफल गर्न नियमित संवाद गर्ने सहमति भयो ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved