
पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ । माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ गुरुङलाई आजदेखि लागू हुने गरी पदमुक्त गरेको जनाएको छ ।
साथै, गुरुङको ठाँउमा नायब प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई कायम मुकायम कार्यकारी प्रमुखको रुपमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
वित्तीय सूचक कमजोर भएको फाइनान्स यतिबेला प्राप्ति(समाहित, गाभ्ने वा गाभिन तर्फ लागेको छ । फाइनान्सले स्वतन्त्र सञ्चालक तिल बहादुर गुरुङको संयोजकत्वमा २ सदस्यीय समिति गठन गरेको छ । समितिमा अर्का सदस्य प्रतिक गुरुङ रहेका छन् । मर्जरको प्रकृया करिब अन्तिम चरणमा रहेको जनाएको छ ।