समृद्धि फाइनान्सद्वारा कृषक समूहलाई लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2025 | 05:37:25 PM मा प्रकाशित

laxmi sunrise bank

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको खरेन्द्रपुर शाखाले माघ २४ गते कपिलवस्तुको शिवराज नगरपालिका–१०, शीतलापुरमा कृषक समूहलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा ३५ जना स्थानीय कृषकहरूको सहभागिता रहेको थियो। 

कार्यक्रममार्फत नयाँ खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य हुने लगायतका महत्वपूर्ण बैंकिङ जानकारीहरू प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै, कम्पनीका अनुसार बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित अन्तरक्रियात्मक सत्र समेत सञ्चालन गरिएको थियो, जसले सहभागीहरूलाई वित्तीय सेवा र यसको महत्त्वबारे जानकारी दिन सहयोग गर्यो।

समृद्धि फाइनान्सले यस कार्यक्रममार्फत कृषक समुदायको वित्तीय साक्षरता अभिवृद्धि गर्दै उनीहरूलाई आधुनिक बैंकिङ सेवाप्रति सचेत गराउने उद्देश्य राखेको जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट “ग" वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved