समृद्धि फाइनान्स मधुबन शाखाद्वारा व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2025 | 07:40:37 PM मा प्रकाशित

laxmi sunrise bank

समृद्धि फाइनान्स लिमिटेड, मधुबन शाखाले  स्थानीय व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा २४ जना स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो।

समृद्धि फाइनान्सले व्यवसायीहरूको बैंकप्रति रहेका अपेक्षाहरू बुझ्न तथा वित्तीय क्षेत्रमा बैंकको योगदानलाई अझ प्रभावकारी बनाउनका लागि कार्यक्रम आयोजना गरेको जनाइएको छ। कार्यक्रममा सहभागी व्यवसायीहरूले वित्तीय सेवा, सहुलियतपूर्ण कर्जा, डिजिटल बैंकिङ, तथा अन्य सुविधासम्बन्धी आफ्नो विचार तथा सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रममा मधुबन शाखाका प्रमुखले व्यवसायीहरूको सुझावलाई संस्थागत सेवामा समावेश गर्दै वित्तीय सहकार्यलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए। समृद्धि फाइनान्सले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved