समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2025 | 03:49:27 PM मा प्रकाशित

समृद्धि फाइनान्स कम्पनी लिमिटेडद्वारा आज ट्याक्सी स्ट्यान्ड, पुतलीसडकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ७२ पिन्ट रगत संकलन गरिएको छ।

समृद्धि फाइनान्सले यसअघि आफ्नो इटहरी शाखा र जनकपुर शाखामार्फत पनि रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ। यस महिनाभर तीनवटै शाखाबाट जम्मा १३१ पिन्ट रगत संकलन भएको छ।

समृद्धि फाइनान्स सधैं ग्राहक हितमा समर्पित रहँदै समाज सेवाका गतिविधिहरूमा संलग्न रहन प्रतिवद्ध छ। भविष्यमै पनि यस्ता कार्यक्रमहरूमार्फत संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved