पोखरा फाइनान्स लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष राज कुमार गुरुङले गरेका थिए, जसले रक्तको ब्याग सञ्चालक प्रतिक गुरुङलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा संस्थाका कर्मचारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको बताइएको छ। संस्थाले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै समाजमा योगदान पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले पोखरा फाइनान्सले २८ वर्षको यात्रा पूरा गर्दै अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको बताएका छन्। उनले संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरूमा पनि संस्थाले महत्वपूर्ण योगदान दिएको दाबी गरे। साथै, संस्थाको निरन्तर यात्रामा साथ दिने ग्राहक, सेयरधनी, शुभचिन्तक, कर्मचारी तथा नियामक निकायलाई धन्यवाद व्यक्त गरेका छन्।
पोखरा फाइनान्सले रक्तदानको महत्त्वलाई उजागर गर्दै समाजमा सहयोग र एकताको सन्देश फैलाएको जनाएको छ।