प्राकृतिक विपत्तिमा एफएनसीसीआईले एडीपीसीसँग सहकार्य गर्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2019 | 04:47:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ र एसीएन डिजास्टार प्रिपरेडनेस् सेन्टर (एडीपीसी) बीच प्राकृतिक विपत्तिमा सहकार्य गर्ने सम्वन्धी समझदारी भएको छ । मंगलबार म्यानमारमा आयोजीत एडीपीसीको पांचौ क्षेत्रीय बैठकका क्रममा उक्त सझौता भएको हो । सझौतामा महासंघका उपाध्यक्ष किशोर प्रधान र एडीपीसीका कार्यकारि निर्देशक ह्यान्स गुटम्यानले हस्ताक्षर गरेका हुन ।

समझदारी अनुसार महासंघ र एडीपीसीको संयुक्त सहकार्यमा यस विषयमा जनचेतना अभिवृद्धिका कार्यक्रम, तालीम, कार्यशाला, गोष्ठी आयोजना, त्यसका लागि प्राविधिक सहयोग, जनशक्ति विकास, सूचना आदान प्रदान, तथ्यांक संकलन लगायतमा सहकार्य गर्ने उल्लेख गरिएको छ । यसका लागि महासंघले आफ्नो देशैभर रहेको संजालको भरपुर सहयोग लिने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved